
गजल
आउन त मेरो जीवनमा पनि आज एक किनार आयो,
खुटा काटिइ सकेपछी पो बल्ल जुत्ताको उपहार आयो।
ऊ,बस्तीको टाउको ठुँगेर बस्ती माथी नै चील उडिरहन्छ,
बा´ भन्नू हुन्छ टाउकोलाइ सितन गिदीको अचार आयो।
बर्षौँ भयो यहीँ घरको मझेरीमा छोरीको लास हराएको छ,
आज बिहानै मुचुल्का लेख्न प्रहरी आयो ,अख्तियार आयो।
समालेर राखुँ या ,फिर्ता पठाइदिउँ झोलाको कोसेली पनि ,
सिन्दुर पुछिएको भोलिपल्टै कोसेलीमा यो श्रिङ्गार आयो ।
अरे ! यो कस्तो बन्धक बनायो र सपथ खुवायो दुस्मनले,
उफ्फ ! के गरुँ आफ्नै आमाको घाँटी रेट्न तरबार आयो।



