देशको सरकार देखेर

- सरस्वती पौडेल


देशलाई , देश नबनाउने यी गद्दार देखेर,
मै जस्तो छ मेरो देश, देशको सरकार देखेर ।

रातारात देश बेच्ने इतिहास ताजै छ्न अझै,
के पाइन्छ ?घर भत्काइ साथीको दरबार देखेर।

म आफ्नै इमान बेच्न अरुलाई जमानी राख्दै छु,
यहीँ सोच्छ होला नदिले आडैमा किनार देखेर।

तँ आफैं सकिने छ्स,मलाई सिद्द्याउने बहानामा ,
यस्तै सोच्दो हो अचानोले ,खुकुरीको धार देखेर।

भर्खरै श्रद्धाञ्जली दिएर आएँ आफ्नै सपनालाई,
शहर भरी चर्चा हुने छ पक्कै आज त्यो अँगार देखेर।।

यसमा तपाइको मत