
झ्याङ्गिएका थिए लहराहरू
ढाकिएका थिए बनबुट्टाहरू
गाईबाख्रा चराउने गोठालाहरू
हामीलाई पनि भइदिएका थिए छाहारीहरू
बर्षा ऋतुको याममा तातिएका ती गोठालाहरू
फाँटमा काम गर्ने ती खेतालाहरू
जब टन्टलापुर घामले छेक्न खोज्थियो
बर्षातको पानीले ठटाउन खोज्थियो
अनि खोज्थिए खेताला गोठालाले छाहारीहरू
तर ! तर , आज खोइ ती छाहारीहरू ?
कस्ले कहाँ पुर्याइदियो ती लहराहरू
भिरमा गाई बाख्रा चराउदा पनि साहारा थिए
ती लहराहरू , ती बनबुट्टाहरू
पानीमा पनि ओत दिने
घामलाइ पनि छहारी दिने
ती कहाँ पुगे होला
बनबुट्टा र लहराहरू
त्यसैले आज बस्तुहरू जिग्रीङ्ग परेका छ्न
गोठालाहरू, खेतालाहरू थुरथुर कामिरहेका छ्न
कोही काम्दै , कोही पसिना काट्दै
हिडदैछ्न बटुवाहरू अनि भरियाहरू
खै झ्याङ्ग परेका छाहारी र बनबुट्टाहरू
घाम र पानीका लागि छाता भइदिएका थिए
हावा हुरी र बतासका लागी गुफा भइदिएका थिए
तर खै ती ओतहरू
ती जराहरू अनि ती बुट्टाहरू
(तत्कालीन नेकपा माओवादी निकट शिक्षक भनेर पक्राउ परेका सुरेश चन्द्र तिमिल्सिनाले लमजुङ कारागार बन्दी जीवन जीवन बितिएका थिए २०६२ जेठतिर । तिमिल्सिनाले २०६२ मै लमजुङ कारागारमा बसेर यो कविता लेखेका थिए । जुन कवितामा मुक्ति र स्वतन्त्रताको पक्षधरता प्रचुर छ ।)



