तपाईं हतार नगर्नुहोस

- पुरुसोत्तम भट्ट


हतार नगर्नुस्
कतै लडिन सक्छ
कतै ठोकिँन सक्छ
कतै पोखिन सक्छ

तपाई हतार नगर्नुस्
तपाईमात्र होईन
तपाईसँगै समय पनि दौडदै छ
म फेरि भन्दै छु,तपाईं हतार नगर्नुस्

जीवनमा धेरै चिजहरु पाईयो
र धेरै चिजहरु गुमाईयो
पर्खनुहोस् यस्को कुनै हिसाब् नगर्नुहोस्
यहाँ पाउन र गुमाउन अझै बाँकी छ

अहो!तपाईं कति छिटो दौडनु भएको
केही छिन त,ब्रेक लगाउनुहोस
पर्खनुहोस् तपाईं हतार नगर्नुहोस्

प्रयत्न अझै पाउने राख्नुहोस्
पाएकोमा सन्तुष्ट हुनुस्
तपाईं समयभन्दा अगाडी जान नखोज्नुस्
भाग्यले दिएभन्दा बढी अपेक्षा पनि नगर्नुहोस्
तर प्रयत्न यसरी गर्नुहोस्
कि लेखिएका चिजहरु पनि म आफैं मेटाउने छु
सफलताले आफैं पच्छाउने छ
आशा र सपना कति गर्ने र देख्ने
त्यो तपाईंको बहसमा होला
तर हेक्का राख्नुहोस भाग्य तपाईंको अधिनमा छैन्
जीवनमा धेरै पढ्नु
ठुला- ठुला विषयको अध्ययन गर्नु
तर मर्नु भन्दा पहिले जीवनलाई पढ्न नबिर्सनु

अध्ययन सकिन्न
अरे,तपाईं हतार नगर्नुहोस
सुस्तरी – सुस्तरी हिड्नुस
तपाईं हतार नगर्नुहोस्

यसमा तपाइको मत