कुन्डलिमा केतु ग्रहको महत्त्व

- सन्देश अर्याल



प्राय मानिसहरु केतु ग्रहलाई त्यति महत्त्व दिदैनन ।
तर केतु ग्रह मानिसको जीवनमा एकदमै महत्त्वपूर्ण छ , केतु ग्रहकै कारण मानिसहरु यस संसारमा जन्मिन्छन र केतु ग्रहकै कारण आध्यात्मिकको बाटो रोजेर मोक्ष प्राप्ति गर्छन । केतु ग्रहलाई भगवान विष्णुको मत्स्य अवतार मानिन्छ । केतु ग्रह अग्नि तत्वको ग्रह हो भने , केतु ग्रहको राशी , उच निच र दृष्टिलाई लिएर पनि धेरै भ्रम फैलिएको छ । उत्तर भारत र नेपालमा ज्योतिषीहरुको केतुलाई लिएर जुन सोच छ प्राय दक्षिण भारत र पश्चिमी ज्योतिषमा केही भिन्नता पाईन्छ । केतु ग्रहको बारेमा धेरै भ्रम पनि फैलिएको छ ।
मैले केतु ग्रहको बारेमा धेरै अनुसन्धान गरेर पनि म आफै केतुलाई राम्ररी बुझ्न सकिरहेको छैन ।
केतु ग्रहलाई headless भनिन्छ अर्थात टाउको नभएको ग्रह साथै राहु र केतु छाया ग्रह हुन ।
यहाँ छाया भन्नाले धेरै अर्थ लाग्छ तर पनि मैले बुझे अनुसार छाया भनेको नक्कल गर्नु ( copy गर्नु हो ) ।
लघुपराशरी ज्योतिष को सिद्धान्त अनुसार –
राहु र केतु जुन राशिमा बस्छन , जुन घरमा बस्छन , सोही अनुरुप फल दिन्छन , त्यस्तै राहु र केतुलाई जुन ग्रहको दृष्टि परेको छ त्यसको फल पनि दिन्छन भनिएको छ ।

अब भागवत पुराण अनुसार समुन्द्र मन्थनबाट केतु र राहुको उत्त्पति भएको र केतु धड अर्थात शरीर हो र राहु टाउको हो भनिएको छ । साथै संसारमा प्राय 90% मानिसहरु यस सिद्धान्त लाई पालन गर्छन । तर , विचारणिय तथ्य के छ भने –
अथ नवग्रह स्तोत्रम मा =
पलाश- पुष्प- संकाशं तारकाग्रहमस्तकम् ।
रौद्र रोद्रात्मक घोरं तं केतुं प्रणमाम्यहम् ।।

यस भनाई अनुसार केतुको टाउको तारका ग्रह सरह भएको भनिएको छ ।
अब कतिपय ज्योतिष आफैले यस भनाई लाई लिएर केतु भनेको शरीर नभएर टाउको हो पनि भन्नुहुन्छ ।

तर धर्म शास्त्र , ज्योतिषका शास्त्रीय किताबहरुमा प्राय राहु र केतुको बारेमा धेरै खुलेर बताइएको छैन । जसकारण यो एउटा भ्रम पनि भएको हो । शनि , वृहस्पतिको बारेमा प्रष्ट खुलेर एक एक गरि लेखिएको छ , वर्णन गरिएको छ ।

मानिसहरु राहुको बारेमा कुरा गर्छन , शनि , मङलको बारेमा कुरा गर्छन तर केतुलाई भिडबाट अलग गरिदिन्छन मानम केतुको कुनै अर्थ र महत्त्व नै छैन यस संसारमा । कतिपय मानिसहरु केतु भनेको आध्यात्मिक ग्रह हो भनेर डराउदैनन त्यस्तै कतिपय राहु र केतुको नाम सुन्नसाथ केतुको दशा चल्ने वाला छ भने पुजापाठ गर्न थाल्छन तर केतुलाई राम्ररी नबुझे सम्म जडमा नगएसम्म केतुलाई विश्लेषण गर्न गार्है पर्छ ।

केतु भनेको सर्वप्रथम के बुझ्नु पर्‍यो भन्दा एउटा खालिपन , उदासी , वैराज्ञ हो भन्ने बुझ्नुपर्यो साथै केतु एउटा रहस्यमय ग्रह हो । साथै जति पनि रोगहरु छन जुन डाक्टरले पता लगाउन सक्दैनन त्यो सब रोगहरु राहु र केतुको कारण हुने हो । केतुले मानिसलाई यस संसारमा प्रेम गर्न सिकाउँछ । श्रीमान र श्रीमतीबिचको भौतिक शारीरिक प्रेम भनेको होइन । एउटा गुरुले आफ्नो शिष्यलाई गर्ने प्रेम हआध्यात्मिक प्रेम ।

यसमा तपाइको मत