सकारात्मक सोचको शक्ति

- सुर्यकुमार घिसिङ


सकारात्मक सोच समाजको उर्जा हो । मानिसको जीवनमा पनि सकारात्मक सोचले महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ । सकारात्मक सोचले मानव समाजले अनिवार्य प्रगतिशील गर्छ । नकारात्मक मानिसहरूको तुलनामा सकारात्मक सोच भएका मानिसहरूले समाजमा बेहद प्रगति गरेको उदाहरण छन ।
हरेक कुरा असहमत हुन सकिन्छ , विकल्पको खोजी गर्न सकिन्छ । विकल्प नखोज्दा नकारात्मकताको विकास हुन्छ । नकारात्मकताले समाजलाई सहि र सुन्दर बनाउन सक्दैन । सकारात्मक सोच भएको मानिस दस पाइला अगाडि बढ्दा नकारात्मक सोच भएकाहरू दुई पाइला पनि अगाडि हिडन पनि सक्दैन । इतिहासदेखि यो कुरा पुष्टि हुँदै आएको छ । सकारात्मक समाजको मुलप्रवाह हो नकारात्मकता ढल हो । नदीको बगाइ पनि सकारात्मकताकै उपज हो , हिमालको उचाई पनि सकारात्मकताकै उचाई हो ।
बुद्ध दर्शनले हामीलाई सकारात्मक हुन सिकाएको छ। नकारात्मकताभित्र सकारात्मकपन हुन्छ भनेर पुराना अग्रजहरूले भनेका छ्न । समाजले त्यो कुरालाई मनन पनि गरेको छ । व्यक्तिहरूले पनि मनन गरेका छन् । कसैले मनन गर्दैनन् भने पनि मेरो भन्नू केही छैन ।
हिडनेहरू गन्तव्य पुग्छ्न , यो प्रकृतिको स्वाश्वत सत्य हो । हिडनुपर्छ भन्नू आधारभुत आवस्यकता हो । कम्तिमा मानिस सकारात्मक हुनुपर्छ भन्ने आधारभुत कुरा हो । सकारात्मक मानिसहरूले मात्र सकारात्मक समाज बनाउन सक्छन् ।

यसमा तपाइको मत