ग्रह शान्तिबारे एक टिप्पणी

- ज्योतिष सन्देश अर्याल


ज्योतिष : ग्रह शान्ति

मलाई धेरैजनाले , गुरु मेरो घरमा खाली समस्या नै समस्या
छ । मेरो ग्रह शान्ति गरिदिनुपर्‍यो भन्दै आउनुहुन्छ ।

अब मैले के आधारमा ग्रह शान्ति गरुँ ??? चिना नहेरी त्यतिकै ?? चिना हेरीसकेपछी फेरी आवश्यक परे त हो , ग्रह शान्ति गर्नु नत्र उहाँहरुको पैसा किन खर्च गराईदिनु अनावश्यक भन्ने पनि हुन्छ !

ग्रह शान्ति भनेको के हो ??

ग्रह भनेको planet अनि शान्ति भनेको शान्त गर्नु । अर्थात कुनै मान्छेको घरमा झैझगडा भईरहेको भए , मङ्गल को दशा चलेको छ । मङ्गलबाट झैझगडा हेरीन्छ । अब , त्यो मङ्गल लाई शान्त गर्नु पर्‍यो ।

शान्त गर्नु भनेको मङ्गल लाई deactivate गर्ने ।
अब 100% deactivate गर्न त सकिँदैन । किनभने दशाले आफ्नो फल दिन्छ । मान्छेले आफ्नो कर्मको फल त भोग्नै पर्छ । शान्त भनेको Cool गर्नु । मङ्गल चलेको भए झैझगडा भएको भए , मङ्गल लाई शान्त गर्नु हो ।

मङ्गल चलेको भए , घरमा झैझगडा भएको भए , सबैभन्दा सजिलो उपाय भनेको नै – meditation गर्नु ध्यान गर्नु हो ।
मान्छे जब ध्यान गर्दछ तब त्यो मानिस रिसाउँदैन । जब मानिस रिसाउदैन तब घरमा झगडा पनि हुदैन ।

मङ्गलबाट तातो हेरीन्छ जसले गर्दा उसले जमीन भुँईमा सुत्ने गरेपनी उसको रीस कम हुन्छ । अब , यहि कुरा गर्न झिजो मानेर झ्याउ लाग्छ भने आउनुहोस , म गरीदिन्छु ग्रहदशाको शान्ति 10/12 हजार खर्च गर्नुहोला ।

वृहस्पतिको दशा चलेको भए , बुधको उपाय गर्नुहोस । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । वृहस्पतिको दशा चल्दा , वृहस्पतिको मन्त्र जपने , दान गर्ने ,
ग्रह शान्ती गर्नुपर्ने ठाउँमा , बुधको उपाय किन गर्ने भनेर सोच्नुभयो होला ?आउनुहोस , एउटा उदाहरण दिन्छु र मेरो आफ्नै उदाहरण दिन्छु = Note – जस्तै , मेरो वृहस्पति दशा अहिले चलिरहेको छ । अब म यदि वृहस्पतिको दशामा ( प्रगती होस भनेर चाह्न्छु ) भने , वृहस्पतिको होइन । बुधको उपाय गर्नुपर्छ , मैले ।

वृहस्पतिबाट ज्ञान हेरीन्छ , वृहस्पतिको दशा चल्दा मानिसमा automatic रुपमा ज्ञान आउनेछ । ज्ञान सङ्गसङ्गै विवेक पनि आउनेछ । तर यहाँ बुधको उपाय मैले गर्नुपर्छ ।
कारण ज्ञानलाई कुन ठाउँमा प्रयोग गर्ने , असल र खराब छुट्याउने बुद्धि बुधले दिन्छ ।
जस्तै वृहस्पतिको दशा चलेको कारण मलाई वृहस्पतिले ज्ञान दिनुभयो । तर मैले बुध ग्रहको उपाय गरेर मात्र मेरो प्रगती हुनेछ । मैले बुध ग्रहको उपाय गर्ने भनेको बुधबाट बुद्धि हेरीन्छ । बुद्धिको प्रयोग गर्नु हो । मसङ्ग ज्योतिषको ज्ञान छ , तर मैले बुद्धिको प्रयोग गरेन भने मेरो प्रगती हुनेछैन । कुन बेला कुन ठाउँमा कहाँ के बोल्ने , कसरी बोल्ने , कोसङ्ग बोल्ने ती सबै क्षमता बुध ग्रहबाट आउँछ । बुध ग्रह लाई किडस पनि भनिएको छ । अर्थात बच्चा ।
अब मैले ज्योतिषको ज्ञान त छ तर बच्चा जस्तो पारा देखाए भने , मलाई कसैले विश्वास गर्दैनन र मेरो Growth हुदैन ।।

तर मैले बुद्धिको सहि सदुपयोग गरेर Logic लगाएर कुरा गरे भने मानिसले मलाई विश्वास मात्र होइन , मेरो कुरा पनि सुन्नेछन ।

हो , वृहस्पति को दशा चलेको बेलामा बुध ग्रहको उपाय गर्नुहोस अर्थात बुद्धिले काम गर्नुहोस् !

क्रमश

यसमा तपाइको मत