बागमती प्रदेशस्तरिय तेक्वान्दो थ्री डान ग्रेडिङ सम्पन्न


काठमाडौ । नेपाल तेक्वान्दो संघको नियमित ग्रेडिङ कार्यक्रम अन्तर्गत नेपाल तेक्वान्दो संघ बागमती प्रदेश द्वारा ४६ औं ब्याजको तेस्रो डानको ग्रेडिङ गोठाटार तेक्वान्दो दोजाङ्गमा सम्पन्न भएको छ। बागमती प्रदेश भित्र रहेका १३ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सांसद मिनकृष्ण महर्जनको आगमन भयको थियो।

सो अबसरमा मा. मिनकृष्ण महर्जन ले तेक्वान्दो खेल एकमात्र अन्तर्राष्ट्रिय स्तरमा नाम राख्न सफल खेल रहेको बताउदै तर यो खेलमा पनी सरकारले गिद्धे दृष्टि लगायर काम गर्नै नदिने अबस्था बनायको औंल्याउनुभयो। सो अबसरमा उपस्थित हुनुहुने नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका प्राविधिक संयोजक राजेश प्रजापति, ललितपुर भक्तपुर र काभ्रे जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्यूहरूको उपस्थित रहेको थियो भने कागेश्वरी मनहरा नगरपालिका वडा नं ९ का अध्यक्षको पनी उपस्थित थियो। कार्यक्रमको सभापति बागमती प्रदेश अध्यक्ष केशव पुरीले गर्नुभयको थियो। सो अबसरमा उहाले तेक्वान्दो खेलको बिकाशका लागि धेरै अप्ठ्यारो अबस्था रहेको बताउदै खेल खेलाउन हल, खेल सामग्री आबस्यक, भौतिक पूर्वाधार का कारण हामीले काम गर्न सकेको बताउनुभयो।साथै उहाले थप्नुभयो,यी र यस्ता विविध कारण पनी हामी चिन्तित छौ समय संधै एकनास नरहने बताउदै हामी तेक्वान्दो खेलमा चमत्कार गरेर देखाउने छौ भन्नुभएको थियो।

यसमा तपाइको मत