
गजल
देखि देखि पनि बोल्न हिचकिचाउँछन् मनुष्यहरू
नचाहिने काममा बढि समय बिताउँछन् मनुष्यहरू
भविष्यको चिन्ता छ भन्दै हिड्नेहरू आजकल त
अनावश्यक डुली, खाएर पैसा सकाउँछन् मनुष्यहरू
अक्सर म गरिब हुँ भन्ने व्यक्ती नै,मनको धनी हुने हो
त्यसैले धनको धनी भएका त बहुलाउँछन् मनुष्यहरू
कानुनको पालना नगर्ने मै हुम भन्नेको जमात भेटे
र त लाग्यो,कानुन पनि बेकामको बनाउँछन् मनुष्यहरू
एकले अर्कालाइ गाली र कुटपिट गरेको देखिन्छ कठै!
कस्तो दिन आयो आज भाइ भाइ लडाउँछन् मनुष्यहरू ।
रिता खराल
गैडहवा गाउपालिका-९,रूपन्देही



