म एक नेपाली हुँ मलाई नेपाल…

- गोबिन्द राज ओझा (राजन) ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


म एक नेपाली हुँ मलाई नेपाल…………………
म एक नेपाली हुँ मलाई नेपाल मन पर्छ
ज्यानको बाजि राखेर देशको सुरक्षा गर्नुपर्छ
नेपालको संविधानको पालना गर्नेछु र संरक्षण गर्नेछु
म हिम्मत र निष्ठाको देशमा जन्मेको छु

मलाई मेरो रगतमा गर्व छ  म नेपाली हुनुमा गर्व गर्छु
म सबैको वफादार रहनेछु, यो देशलाई माया गर्छु
आफ्नो रगत र पसिना बगाए, वीर पुर्खाहरूले राष्ट्र बचाउन
देशको लागि लडिरहे युद्धमा हार मानेनन्

मन मुटुबाट माया गर्छु  माया गर्न थाक्दैन
सुन्दर ठाउँहरू आँखामा छन्, जहाँ प्रेम मेटाउन सकिँदैन
शान्त ठाउँमा बस्न पाउँदा हृदयबाट खुसी छु
म हिम्मत र निष्ठाको देशमा जन्मेको छु

म एक नेपाली हुँ मलाई नेपाल मन पर्छ
ज्यानको बाजि राखेर देशको सुरक्षा गर्नुपर्छ

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

यसमा तपाइको मत