
मुक्तक १
मिल्नुपर्छ साथीसङगी मिल्नुपर्छ दाजुभाइ
प्रेमको डोरीमा बाँधिएर जीवन काट्नलाइ
भोलि के होला भन्ने कस्लाइ के थाहा छ र
त्यसैले बाँच्नुपर्छ सधैं हामी खुसिसँग रमाइ ।
मुक्तक २
नसोच्नु होला दु:ख नलिनुहोला पिर पनि
बस्नुस् सम्हालिएर यस्तै रैछ तक्दिर भनी
कस्ले रोक्न सक्छ होला र उतारचढावहरू
बाँच्नुपर्छ मीठो बोलेर एक महाविर बनी ।
मुक्तक ३
सकेको गर्नु सधैं नत्र भर नपर्नु
गलत कार्य गरेमा वर पर नपर्नु
जीवन यस्तै हो भन्नुहुन्छ आमा ,
रिसराग बोकेर मेरो नजर नपर्नु ।
मुक्तक ४
दुनियाँ स्वार्थी छ बिचार गर्नुपर्छ
दु:खी गरिबलाइ त उद्दार गर्नुपर्छ
आमा भन्नुहुन्छ मीठो बोलेर सधैं,
सबैलाइ समान सत्कार गर्नुपर्छ ।
मुक्तक ५
मनका भावहरू पोख्ने मन थियो
दु:खको कारागारमा जीवन थियो
कसरी खुसी भइ बाचेर देखाउनु
जबकी अन्धकारमय बन्धन थियो ।
मुक्तक ६
बुझ्नुपर्छ खतराको संकेत पनी
बस्नुपर्छ सदैव निकै सचेत बनी
दु:ख सुख यस्तै त हो जीवनमा
सकेको गर्नुपर्छ सधैं,गरे त भनी ।
रिता खराल
गैडहवा गा पा -९, रूपन्देह



