गजल

- प्रयासी संगिता पैडेल ,ओखल्ढुङ्गा चम्पादेवि गा.पा. ४, हाल : काठमाडौं


गजल………

रुदैछु आँसु पिएर मुसुक्क हाँस्नु तिमी
मेरो आयु सय बर्ष बाँच्नु तिमी

तिम्रो पेट ,टाउको सधै दु:खी रहन्छ रे,
आफ्नो स्वास्थ्यको ख्याल राख्नु तिमी

धन विधा सम्पूर्ण सुम्पिदिएको छु मैले
सुखमय शान्तिमय जीवन काट्नु तिमी

हजार सपना देख्यो भने एउटा पूरा हुन्न
चन्चल भइरहने त्यो मनलाई बाध्नु तिमी

अर्को जन्ममा हाम्रो मिलन गराइ दिनुस्,
देवी देवतासँग यहि वर माग्नु तिमी

✍️: प्रयासी संगिता पैडेल
ठेगाना : ओखल्ढुङ्गा चम्पादेवि गा.पा. ४
हाल : काठमाडौं

यसमा तपाइको मत