काठमाडौं महानगरका तीनवटा सडक आजदेखि एकतर्फी

- कृष्ण गोपाल श्रेष्ठ फसी



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका तीनवटा सडकखण्ड बुधबारदेखि एकतर्फी बनाइएकाे छ । अब काठमाडौं र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडकखण्डमा प्रवेश गर्न पाइने छैन ।

त्यस्तै, जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन ।

पुतली सडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडकखण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन । यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाइएकाे काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत