तिमीलाई नै हो मैले….

- -गोबिन्द राज ओझा (राजन)   ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 


तिमीलाई नै हो मैले…………………..

तिमीलाई नै हो मैले भेट्न खोजेको

तिम्रो मीठो माया पाइन्छ कि आशा गरेको

जिन्दगी सँगै अघि बढ्दै छ,तिमिलाई देख्दा मुस्कुराएछ

यो कुरा साँचो हो हाम्रो प्रेम रहिरहन्छ

तिम्रो जीवनमा  सधैँ खुसी चाहन्छु

तिम्रै मिठो माया सम्झनामा राख्छु

तिमी मेरो साँचो माया हुनेछौ

तिमी मेरो जीवनसाथी बन्न चाहन्छौ

मेरो माया कहिल्यै मर्दैन

साथ देऊ तिमिले कहिले छोड्ने छैन

तिम्रो त्यो आँखामा बस्न चाहन्छु

सम्झनामा सधैँ तिमिलाई पाउँछु

तिमीलाई नै हो मैले भेट्न खोजेको

तिम्रो मीठो माया पाइन्छ कि आशा गरेको

यसमा तपाइको मत