गरिबकी छोरी हुँ म

- जेनिशा घिमिरे खिजीदेम्बा ४ ओखलढुंगा


मलाई यहाँ सबैले भन्छन् तँ गरिबकी छोरी होस्
गरिब परिवारमा जन्मिए त यसमा मेरो के दोष
सबैले तँ गरिब होस् भन्दा पोल्ने गर्छ मेरो छाती
कहिलेकाहीँ रुन्छु म एक्लै बसी डाँडा माथि बसी

हो म गरिबकी छोरी हुँ भोलि धनी बनेर देखाउँछु
कोहीभन्दा कम छैन हजुर म यत्ती भनेर देखाउँछु
हेप्नेहरु जति सबैलाई केही गरेर देखाउनु छ मैले
एक वीर नेपालकी छोरी हुँ म अब झुक्ने छैन कैले

मै हुँ भन्ने जतिलाई पछाडि पारेर छाड्ने छु एकदिन
सच्चा नेपाल आमाकी छोरी हुँ चुप बस्दिन एकैछिन
यो नेपाललाई विकसित राष्ट्र बनाउनु मेरो उद्देश्य हो
भविष्यको एक सक्षम अभिनेत्री बन्नु नै मेरो लक्ष्य हो

आज कसम खान्छु आमा म भोलि पैसा कमाउने छु
अनि मेरो कुरा काट्ने र हेप्नेको अगाडी रमाउने छु।

जेनिशा घिमिरे
खिजीदेम्बा ४ ओखलढुंगा

यसमा तपाइको मत