दुई मुक्तकहरु

- सुदिप पुर्कुटी (सैर)


इश्वर भगवान जस्तै खाेजेर ढुङ्गा कहाँ पाइन्छ
सलल बग्ने माटाेमा खाेजेर डुङ्गा कहाँ पाइन्छ
हजारौं धाेका खाएर चट्टान पथर भईसकेकाे,
अरे म भित्र फुलकाे खाेजेर थुङ्गा कहाँ पाइन्छ ।

आकाशमा तारा कति छन् भनी गन्दै गन्नु पर्दैन
क्षणिकको लागि बनावटी कुरा भन्दै भन्नु पर्दैन
आफ्नो सन्तुष्टि काम दाम सँग मतलब राख्नेहरु,
बिन्ती स्वार्थी बेमतलबी मेरा साथी बन्दै बन्नु पर्दैन ।

यसमा तपाइको मत