म शुन्यताको कि शुन्यता मेरो ?

- रबिन्द्र चौलागाईं


म धर्मलाई अफिम हो भनेर क्लास दिन्थे
बकवास हो भन्थे भुतप्रेत , आत्माहरुलाइ
धर्मगुरुहरु ढोङ्गी मात्र हुन जस्तो लाग्थ्यो
भाग्य र भविस्य बताउनेहरु सबै बकबास लाग्थे

म कहिले पनि राशिफल हेर्दिनथे ,
म कहिले पनि भाग्य बताईदिन्छु भन्नेहरुको कहाँ
हात र भविस्य बताईदिनु पर्यो भनेर जान्नथे

तर…
खोइ आजकल म निकै परिवर्तन भएको छु ,
धर्म नै सबैथोक हो भनेर आफै प्रवचन दिन थालेको छु
भन्न थालेको छु ; आत्मा अमर छ
शरीर क्षणभङ्गगुर छ

सबै धर्मका धर्मगुरुहरुप्रति आदर प्रकट गर्न थालेको छु
सबैभन्दा धेरै विश्वास भाग्यमा गर्न थालेको छु
दिनहुँ उठ्नेबितिक्कै पत्रपत्रिका , मोबाईल , इन्टरनेटमा आफ्नो राशी खोजी खोजी पढ्न थालेको छु
को जान्ने छ भनी सोधी सोधी हप्तैपिच्छे खोज थालेको छु
मेरो भाग्य र भविस्य बताईदिनु न भन्दै
धेरै धेरै माता र भाईरल बाबाहरुकोमा धाउन थालेको छु
मान्छेलाई सानो घटनाले कति धेरै फरक पार्छ थाहा पाएको छु

भुत र वर्तमान बिचको फरक बुझ्न थालेको छु
नास्तिक या आस्तिकमा फरक देख्न थालेको छु
सत्यतामा टेके या
अन्धविश्वासमा डुबे
धार्मिक गुरुहरुलाई ढोङ्गी ठाने या
या महान भने
भुत र वर्तमानको
लेखाजोखा गर्न थालेको छु
अब बुझ्न थालेको छु
भाग्य र भविस्यमा अन्धकारले बार हाल्दा के हुन्छ ?

राशिफलमा विश्वास नलाग्ने त्यो समय भुतकालको थियोे
वर्तमानका बिहान सुरुवात भइरहेका छ्न राशिफलबाट
भविस्यवक्तालाई नबुझ्दाका दिनहरू बिर्सेको छु
भबिस्यवक्ताको इशारा बाच्नुलाई वर्तमान भनेको छु

अलमलमा छु आजकाल
खोइ के भनम के नभनम ??
मैलेभन्दा मेरा कुरा सुनिदिने खोइ कति छन ?
सुनेको मेरा कुरा बुझिदिने खोइ कति छन ?
बुझेर मलाई सुझाव दिने खोइ कति छन ?
हौसला, प्रेरणा र उत्साह थपिदिने खोइ कति छन ?
मेरो पिडामा मलमपट्टि लगाईदिने खोइ कति छन ?
मेरो दु:खमा साथ दिने खोइ कति छन ?
मेरो खुसिमा हासिदिने खोइ कति छन ?
मेरो प्रगतिमा नाचिदिने खोइ कति छन ?

म आइपुगेको छु शुन्यतासम्म शुन्य भएर
मेरा प्रश्नहरुको एकमुष्ठ उत्तर भएको छ शुन्य

यसैले ,
म शुन्यतामा रमाउन थालेको छु,
शुन्यतामा हराउन थालेको छु,
शुन्यतामा डुब्न थालेको छु ,
शुन्यतामा उड्न थालेको छु ,
मलाई शुन्यता प्यारो लाग्न थालेको छ
मलाई शुन्यता न्यानो लाग्न थालेको छ
प्रिय , सुन्दर , मनमोहक , हरियाली सबै भएको छ शुन्यता
साथ , प्यार , सम्बन्ध , मित्रता सबै तिमि शुन्यता

गणितीय हिसाबमा तिमी महत्वपुर्ण
मरो जीवनमा अति महत्त्वपूर्ण
शुन्यता शुन्यता शुन्यता

कुनै अंकको अघि छौ कि पछि
तिम्रो महत्व भिन्नाभिन्नै
मेरो जीवनमा तिमी अघि पछि र बिचमा एउटै भएर
सदा बस्न सफल छौँ शुन्यता ,
शुन्यबाट एक हुँदै
दस , सय , हजार , लाख अनि करोडौंमा छाउने धोको मरिसक्यो
करोडौंको बिचबाट झर्दै शुन्यतामा हराएको मेरो जीवन
यसै पनि शुन्यमा रमाउन लागिसक्यो
म शुन्यताको मान्छे अनि शुन्यता मेरो
शुन्यता मेरो अनि म शुन्यताको

यसमा तपाइको मत