
तीजकाे बेला श्रीमान जुठाभाडा धस्छन्
श्रीमती श्रृङ्गार पटार गरी घरभित्र पस्छिन
म हिँडे नाच्न पार्टीतिर घरधन्दा गर्नुस
भरे अाउँछु मिठाे खाना बनाई बस्नुस्
तीज त अाईसक्याे जसरी नि मनाउनुपर्छ
सम्झनाकाे भन्दा लुगा गहना अझ महङ्गाे पर्छ
हजुरकाे तलब नअाए ऋण खाेज्नुस्
साथीसँग भए नि पचास हजार जाेड्नुस
नदिए भरे साथीसँगै गईदिन्छु अन्त
मलाई नि माया गर्ने अन्त साथी छन् त
नदिने भए पाल्न सक्दिन भर्खरै भन्नुस्
साडी किन्न जानुछ अहिल्यै पैसा गन्नुस्



