मुक्तक १
मैले जिन्दगीसँग अलि थोरै बखत मागेको हुँ,
दुःख , पीडा झेल्न सक्ने हिम्मत मागेको हुँ,
एक्लो ज्यानले चारैतिर धाउन नसकेपछि,
दुई हात जोडेर पराईसँग मद्दत मागेको हुँ
मुक्तक २
छैन आँखामा कत्ति पानी मैले के गर्नु
दु: खै दुःखको जिन्दगानी मैले के गर्नु
तिमी सित्तैमा दिन्छु भन्छौ म लिँदै लिन्न
मन बिनाको त्यो जवानी मैले के गर्नु
मुक्तक ३
यसपालीको दसैँमा पनि आउन पाइन आमा
तिम्रो हातको टिका जमरा लाउन पाइन आमा
यस्तै हो परदेशीको पीडा याद गाउँघरको आउँछ
के गर्नु सँगै बसि तिम्रै छेउमा रमाउन पाइन आमा
मुक्तक ४
हुँदा नहुँदा दोष लगाई दिनु पर्ने कस्तो चलन हो
कठै ! नौकरीमा पनि मात भर्ने कस्तो चलन हो,
जन्मभूमि छोडेर परदेश लागिन्छ पैसा कमाउन,
कठै! बरा पैसाहरुको लेनदेन गर्ने कस्तो चलन हो
✍️नवीन रम्तेल
हिमाली गा पा ६ धिम बाजुरा



