मुक्तक १
जीवनभर साहुको दास बन्दा बन्दै जीवन बित्यो
सुखका दिन आउलान भन्दाभन्दै जीवन बित्यो
ऋण तिर्न भनि ऋणमै डुबेर प्रदेशिएको छ छोरा
फर्कि आउने दिनहरु गन्दा गन्दै जीवन बित्यो
मुक्तक २
फूलै फूलको मार्गमा पनि टेक्नै मन लाग्दैन
सपना हुरीले उडाउँदा नि छेक्नै मन लाग्दैन
मैले बिपना नै यति मिठो देख्छु नि महोदय
आजकल मलाइ सपना देख्नै मन लाग्दैन
मुक्तक ३
म खानी हुँ इच्छा चाहनाको को हौ नभन
प्रमुख हुँ सबथोक बाहनाको को हौ नभन
असल काम गर्नेलाइ समाजले नचिन्दा
म लुटेरा हुँ आफ्नै गहनाको को हौ नभन
सीता कडेल
कैलाली



