
मुक्तक १
काेही त मानिसलाई जिउदै मार्ने भेटिन्छन
सुगन्ध छाेडी दुर्गन्धित फूल सार्ने भेटिन्छन।
कुकृत्य गर्नेहरु सदैव राम्राे भन्दापनि,
गाेमनरुपी दुलाभित्रै कार्य झार्ने भेटिन्छन
मुक्तक २
सँधैभरी दु:खभित्रै हराएर बसीराख।
शाेषण गर्ने शाेषकीसँग डराएर बसिराख
एकदिन ठुलाे खाडलमा तिमी परेपछी,
परिवारभित्रै रँदै अनि कराएर बसिराख
मुक्तक ३
परिवार र समाजकाे माली बन्न मन छ
काँडा बिना फूलैफूलकाे डाली बन्न मन छ
सदासदा समाज अनि परिवारकै लागि,
कार्यतामा शुभसाइतकाे ताली बन्न मन छ



