अनुभूतिका रहरहरु

- अनु पराजुली , पाल्पा


सुन्दैछु आजभोलि

तिम्रो शहरमा
हाम्रो प्रेमको चर्चा चल्दैछ रे
सायद हाम्रो प्रेमको रंग
गहिरिएर हो की ?
बसन्त ऋतुसँगै
नयाँ आभास तिमी बनेर आउँदैछौ रे
त्यो शहरमा
तिमीमा रङ्गिदै गरेको म र
तिम्रो रंगमा घुलेको मेरो प्रेम
आज एक पर्व बनेर आउँदै छरे
सायद तिमीसँगै हुन हो की

फूलबारीका फूलहरू
झुम्दैछ्न , खेल्दैछ्न
सायद तिमीलाई देखेर हो की
ती निला आकाशको रंग
आज अलि बढी गाढा किन छ
यो सुन्दरता तिम्रो
आज अलि खास किन लागेको छ ?
रातो रंग
आज तिम्रो रंग बन्दै गएको
किन महसुस हुँदैछ

कोहिलीको मिठो स्वर
तिमीलाई नै किन पछाउँदै छ
गौथलीहरू आज किन
चिरिबिरी गर्दैछन
रातो गुलाफ किन
तिमीतिरै हेरेर मुस्कुराउँछ
सायद हाम्रो प्रेमले अर्थ पाएर हो की ?
सायद प्रेमले प्रेमको अनुभूति गर्न पाएर हो की ?

यसमा तपाइको मत