केही मुक्तकहरु

- इन्द्रेणी कान्छी


मुक्तक १

थाहा छैन कुन प्रहरमा छु म
उजाडिएको दु:खी शहरमा छु म
नखाएको विष लाग्दैछ मलाई
बैगुनीले दिएको जहरमा छु म

मुक्तक २

अँध्यारो हटाउन दिप ज्योति बल्छ हजुर!!
महलभन्दा झुपडीमा जीवन चल्छ हजुर!
महोदय,खुसी खोज्न मन्दिर धाउनु पर्दैन,
मन खुसी त आफ्नै मनभित्र फल्छ हजुर!

मुक्तक ३
मैले देखेको दरबार फरक भएछ!!
निगरानी गर्ने तरबार फरक भएछ!
अन्याय, अत्याचार र भ्रष्टाचारले,
सिङ्गो देश र घरबार फरक भएछ!

मुक्तक ४
मनको खुशी खोज्न यता धाएँ उता धाएँ!!
बैगुनीलाई आफ्नो सम्झी गुण लगाएँ!
सुखमा रमाउँदै नजिक नजिक सर्नेहरू,
दु:ख पर्दा केबल आफूलाई साथी पाएँ!!

मुक्तक ५
भए भरको शक्ति सक्किएर दम चलेन कि??
साथ र सहयोग गर्ने दयालु मन भएन कि?
चुनावको बेला ठूला२ भाषण ठोक्ने नेता ज्यु,
गरीब निमुखा बेसहारा प्रति नजर गएन कि??

🌈इन्द्रेणी कान्छ🌈

यसमा तपाइको मत