सक्रिय युवा समूह र ग्री नभिलेज सेकेण्डरी स्कूलको संयुक्त आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



कीर्तिपुर/सक्रिय युवा समूह र ग्री नभिलेज सेकेण्डरी स्कूलको संयुक्त आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कीर्तिपुर–४ स्थित स्कूलको आफ्नै प्रांगणमा सम्पन्न कार्यक्रममा २२ सय बढीलाई स्वास्थ्य परीक्षण तथा अत्यावश्यकीय औषधी वितरण गरिएको थियो।
काठमाडौँ मेडिकल कलेज, शिक्षण अस्पताल सिनामंगल र स्पार्क फिजियोथेरापी हाई भिजन थानकोटको प्राविधिक सहयोगमा स्थानीयलाई निःशुल्क जाँचपछि उपचार परामर्श र आवश्यक औषधी वितरण समेत गरिएको थियो।
शिविरमा जनरल मेडिसिन, नाक कान घाँटी, साधारण शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग, फिजियोथेरापी, आँखा परीक्षण, स्त्री रोग, बाल रोग र दन्त रोग परीक्षण गर्नुका साथै युरिक एसिड, अल्ट्रा साउण्ड, युरिया र गर्भावस्थाबारे पनि जाँच सेवा प्रदान गरिएको
शिविरमा स्थानीय ज्येष्ठ नागरिक, महिला, युवा तथा बालबालिकाको पनि उत्साहपूर्ण सहभागिता रहेको थियो भने सेवाका लागि स्थानीय युवा, शिक्षक–शिक्षिका साथै जनप्रतिनिधिहरुको समेत सक्रियता रहेको थियो।

यसमा तपाइको मत