गजल
कता कता भित्र भित्रै दफन भयो
निकै अफ्ट्यारो ठाउँमा जलन भयो
अनुभव त धेरै गरे , देखाउन सकिन
धुवाँ छैन र पनि छातीमा दनदन भयो
वचन लगायौ तिमिले पनि दुख्ने गरि
राता रात पत्थर झै कठोर मन भयो
समानता कहाँ छ ? कसैले त भनिदेउ
यहाँ विछोड्को कारण पनि धन भयो
संगै भए भावना साटेर दिन बिताईदिन्थे
धेरै टाढा छु,र त समयको जतन भयो |



