प्रशंसा घिमिरेका केही मुक्तकहरू

- प्रशंसा घिमिरे


मुक्तक १
तिमिले दिएको जाली रुमाल अझै सम्झन्छु
हामी दुइले बिताएका ती पल अझै सम्झन्छु
परदेशमा सम्झनाको मखमली अझै मगमगाउँछ
त्यो हाम्रो क्रान्तिकारी छलफल अझै सम्झन्छु

मुक्तक २
मनैभरी फुलिरहने फूल बन्नु तिमी
आकाशमा डुलिरहने जून बन्नु तिमी
सहायताको मैदानमा देखिरहनु प्रीय तिम्लाइ
कमलो अनि सहृदयी मन बन्नु तिमी

मुक्तक ३
त्यो शहर त्यो रिमिझिमी बिर्सन सक्दिन
त्यो बानेश्वर र त्यो नयाँ ठिमी बिर्सन सक्दिन
बिर्सनेले त आफ्नै आँखा पनि बिर्सछ्न
मेरो मुटुमा बसेका छौ तिमी बिर्सन सक्दिन

मुक्तक ४
को आफ्नु को पराइ चिनिसके मैले
सेतो कसौंडी कालो कराइ चिनिसके मैले
तिमी लाङटाङ तिमी हौ सगरमाथा
कस्तो हुन्छ शीत अनि तराई चिनिसके मैले

यसमा तपाइको मत