हो म एक नारी हुँ

- मनिता रेग्मी बेलकोटगढी-2, नुवाकोट


सृष्टिको सान र घरको सम्मान हुँ ।
हो म एक नारी हुँ तर कमजोर नसम्झ।

चुलोचौको मात्र होइन मेरो संसार
लडेरै भएनी प्राप्त गर्छु आफ्नु मौलिकअधिकार
हो म एक नारी हुँ तर कमजोर नसम्झ।

पानी बोकेको छु,नानी बोकेको छु
परिवारको दु:ख सुखको कहनी बोकेको छु।
आत्मसम्मान र स्वाभिमानसँग आफ्नु लगानी बोकेको छु
हो म एक नारी हुँ तर कमजोर नसम्झ।

तिमीलाइ संसार टेकाउने आमा हुँ
भवनलाइ घर बनाउने बुहारी हुँ
सबैलाइ खुसी बनाउने छोरी हुँ
तिमो काँधमा काँध मिलाउने पत्नी पनि हुँ
हाे म एक नारी हुँ तर कमजोर नसम्झ ।

परिस्थिति आए महिसासुरको संघार गर्ने दुर्गा बन्न सक्छु

तिमीलाई मृत्युसैयाबाट फर्काउने सावित्री बन्न सक्छु।
युद्धभुमिमा लड्ने राज्यलक्ष्मी र सिङ्गो देश हाक्ने बिद्या बन्न सक्छु।
हाे म एक नारी हुँ तर कमजोर नसम्झ।

यसमा तपाइको मत