न्याय

- मनिता रेग्मी बेलकोटगढी -2


बित्दै गए दिन ढाल्दै गए रात
न्यायको कुनै पत्तो अत्तोपत्तो भएन।

न्यायलयले न्याय दिन्छ भन्ने विश्वास अझै गएन ।
तर पनि न्याय कहिल्यै मिलेन ।

अह तर अझै पनि कसैको
न्याय हराएको देश भन्ने हिम्मत थिएन ।

बलात्कार पछि मारीएका ती छोरीचेली अनि
टिकापुर घटनामा मारिएकाले न्याय कहिले पाउने त?

भएका प्रमाणको नस्ट  गरि न्छ  याँहा किन ?
ब्यवस्था छैन  र आपराधिलाई सजाए दिन ?

गरिब दुखीलाई कहिल्यै छैन न्यायको पहुक याँहा।
अन्यायमा परेकाको जुटाउ न्याय प्रतिको सहास।

कागजी भन्दा व्यावहारीक कानुनाको व्यवस्था गरम
अनि मात्र गर्न सकिन्छ न्याय प्राप्तिको विश्वास ।

भन्छ्न न्यायका निम्ति आवज उठे दबाबले बन्द गरिन्छ।
परीहाले आफ्ना मान्छे धरौटीमा रिहा गरिन्छ।

न्याय काँहा भेट्नु हाम्ले याँहा अपराधिकै पालन पोषण गरिन्छ।
भो नखोतल न  अपराधीक  कुरा साथी
फेरि बलुवाटारका सबै परिन्छ।

यसमा तपाइको मत