गजल

- इन्द्रेणी कान्छी


मेरो तन मन तिमी मै समर्पित भयो
देखेका सपनी बिहानीको शीत भयो

म हारिदिएँ खुसी छौ होला नि अब?
लौ मेरो हार अनि तिम्रो जित भयो

मनमा अनगिन्ती रहेका चाहनाहरु
एउटा सानो कचौरोमा सिमित भयो

सम्बन्ध गलत प्रयोग भएर त होला हगि
आजकाल धोखा दिनु मुख्य रित भयो

जीवनभरलाई सजिएको सम्बन्ध पनि
मीठा मीठा बात,सपनीको गीत भयो

यसमा तपाइको मत