
मुक्तक
(१)
समयसँग सम्झौताको हस्ताक्षर दिँदा सम्झिए
बिधाताले लेखिदिएको लेखाजोखा लिँदा सम्झिए
ए साथीहरू सुन न आज त मेरो जन्मदिन हो नि,
मलाई जन्म दिँदा आमाले सहेकी पिँडा सम्झिए।
(२)
दोबाटोमा छुटाछ्न , गोरेटोमा भेट्न खोज्छन
पिरतिको नाटक रची कोमल मुटु रेट्न खोज्छन
जिन्दगीलाई मानिसहरू खेलौना ठान्छन आजभोली,
ईमानलाई बजारमा बेचिदिइ मृगतृष्णा मेट्न खोज्छन।
(३)
मिठो बोली अनि व्यबहार हुनुपर्छ
एकआपसमा सधैं सधैं प्यार हुनुपर्छ
बनावटी कुरा गर्छ यो दुनियाँमा के गर्नु ,
ब्यक्तिमा व्यक्तिमा बिश्वासको आधार हुनुपर्छ



