
आफ्ना अनगिन्ती सपना
अनि हजारौं रहरहरुलाई बन्दि बनाएर
हिडेका हुन उनीहरू
आमाको लगाएको तिलरी
बाले खनेको खोरिया बारी
सब धितो राखेर
काँधमा आएको जिम्मेवारीको गह्रौँ भारी बिसाउन
चौतारी खोज्दै उडेका हुन उनीहरु
कहिले कहिले फर्किन्छन् उनीहरू ….
बाटो हेरेर
थाकीसके आमाका आँखाहरू
उनीहरुको तन मात्र उडेको भए त
एकदिन अवश्य फर्किन्थे
उनीहरूको मन पनि उडिसक्यो
आशा मारिसके बाले
फर्क्दैन कि उनीहरू भनेर
यस्तो लाग्छ
यता भएकाहरू पनि
चौतारी खोज्दै उड्नेछन्
केहि वर्ष नि नपर्खिइ उडनेछ्न
आमालाई दिक्क लाग्छ
सवैले छोडेको देखेर माटो
छोरी तिमिले पनि हजारौँ ठक्करसँग जुध्नुपर्छ
छताछुल्ल भएका सपनाहरुलाई
पोको पारेर उड्नुपर्छ
झरेपनि तिम्रा आँशु नदेखाउनु है
दुख्छ होला मन
तर मलम आफै लाउनु है
यदी खोक्रो पारिरहेको देश
अलिकति कतै बच्यो भने
तिमिहरुले सम्हाल्नुपर्छ
कोमलताले आफ्नो हृदय भिजाई
राष्ट्रप्रेमको भावलाई संगाल्दै
तिमी फर्की आउनुपर्छ
बिन्दु चन्द



