
माया के हो बुझ्नै गाह्रो
माया के हो ब्याख्या गर्न गाह्रो
मायाले मान्छेलाई साह्रै बलियो पनि बनाउँछ
मायाले मान्छेलाई सार्है कमजोर पनि बनाउँछ
माया के बुझ्नै गाह्रो
माया त धेरैलाई आफ्नो जननीको लाग्छ
र पनि बिचमा कहिलेकाहीं धोका पनि घुसिदिन्छ
जननीलाई पनि जिन्दगीभर रूवाइदिन्छ मायाले
माया के हो बुझ्नै गाह्रो
आमा र सन्तान बिचको माया त
छ अपरम्पार र अतुलनीय
सांसारिक जाल छ स्वार्थी
यही माया भुलाउने अर्को सम्बन्ध थपिदिन्छ
त्यही अतुलनीय माया पनि तराजुमा तौलने बनाइदिन्छ
माया के हो बुझ्नै गाह्रो
मायाले नै
कहिले जीवनमै नचिनेको मान्छेसँग पनि
सबैभन्दा नजिक बनाइदिन्छ
कहिले मायाले नै
सबैभन्दा नजिकका
मान्छेहरुबाट टाढा बनाइदिन्छ
माया के हो बुझ्नै गाह्रो
मायाले नै
मान्छेलाई प्रफुल्लित बनाएर
नयाँ रचना गर्ने रचनाकार बनाइदिन्छ
फेरी आफूले सोंचे जस्तो भएन भने
त्यही माया ले जीवन नै बर्बाद गरिदिन
बेर लगाउँदैन
माया के हो बुझ्नै गाह्रो
मायाले कहिले
सगरमाथा नै चॅढु क्यारे भन्ने हिम्मत जगाइदिन्छ
त्यही मायाले कहिले बॉच्नै मन नलाग्ने गरी
खोलामै हाम फाल्नुपर्ने बनाइदिन्छ
माया के हो बुझ्नै गाह्रो
माया शब्द त अमूल्य शब्द हो
यसले पनि बिचबिचमा
जात भात, तल्लो दर्जा उपल्लो दर्जा,
र छुवाछुतमा व्यक्त भएर
निन्दनीय शब्दलाई जिताएर
मानवतालाई नै हराइदिन्छ
माया के हो बुझ्नै गाह्रो
आखिर माया त महसुस गर्ने कुरा न हो
जुन निश्चल र अतुलनीय छ
चाहे त्यो बाउआमा र सन्तान बिचको माया होस्
चाहे त्यो श्रीमान श्रीमती बिचको माया होस
चाहे त्यो दाजुभाई र दिदीबहिनीबिच माया होस
चाहे त्यो केटाकेटी बिचको माया होस
माया अपरम्पार छ



