
हामी आफू राम्रो बन्ने प्रयास गरौं सधैं
आफू राम्रो बन्ने वाहनामा
अरूलाई नराम्रो कदापि नसोचौ
मान्छे न हो
गल्ती हुन सक्छ अन्जानमा
आफ्नो गल्ती ढाकछोप गर्न
अरूलाई बेठीक कदापि नसोचौ
प्रगतिको बाटोमा लम्कने प्रयास रहोस् अविरल
अरूको खुट्टा तानेर होइन
आफ्नो खुट्टा बलियो बनाएर
हामी चढौ मेहनतको उकालो
गरौॅ र सफलताको मिठो प्रतिक्षा
कहिलेकाहीॅ सोॅचे अनुरूप
उपलब्धि हासिल नहुदा पनि
उर्जालाई थप गरौं
आफ्नु दोष तिल बनाउदै
अरूमाथी दोषको पहाड नठडयाउ
अरूको गल्तीमा
तुरुन्तै प्रतिकृया जनाउँदै
न्यायाधीश बन्ने बानी हो खराब
आफ्नु गल्ती हुदाॅ सजिलै मनन गर्ने बानी हो असल
असल अनि खराब छुट्टाछुट्टै
गरौं सकौ बिभाजन
अरूलाई औँला उठाउनु अघि
बरु आफूले आफूलाई होशियार राख्न सकौ सधैं
अरूलाई औला ठड्याउन नपरोस
अरूको औँला आफूतिर ठडिएको देख्न नपरोस ।
जीवनका हरेक पलमा केही न केही सिकिरहन पाइयोस्
आफूले आफैंलाई ठूलो र सानो नसम्झी,
जीवनभित्र सिकाई र भोगाईको समिश्रण बुझ्न पाइयोस्
सिक्ने र सिकाउने बानीले पाओस् मुर्तता
सबैलाई राम्रो ब्यबहार गरौॅ
हामी राम्रो बन्ने सिलसिलामा
जीवनको हरपल सिकाइको फूल फुलोस
आफ्नो नजरमा आफैंलाई नराम्रो नबनाउन
अरूको अगाडि मपाईत्व हुन सक्छ खराबी
अरूले तपाई भन्ने वातावरण बन्दा
तपाईंको शिर हुन सक्छ उच्च
यो जीवन होइन कुनै चलचित्र
जहाँ नायक र खलनायक
हरबखत उपस्थिति भैरहदैनन
तपाईंको प्रयास हुनुपर्छ नायक बन्न लायक
अरूलाई पछारेर
एकैछिनलाइ आफू माथी उठ्नुभन्दा
हातेमालो गरेर समतामा चलिरहनु हो एउटा् आदर्श
यहि हो जीवनको पनि आदर्श
कायम रहोस् यहि आदर्श
शाम्भवी बाशिष्ठ



