
एक्कासी आयौं कुन्नि के चाहेर आयौं
उज्यालोमा थिए , अध्यारो बनाएर आयौं
धिपधिप भो तिरमिर भो नयनको ज्योति
खै के हो तिमीले त्यो लगाएर आयौं
मनमा जब अग्नि ज्वालामुखी छुटयो
सागरमा दिप जलाएर आयौं
नयन बन्द गरी परेली जो खोल्दा
पराइको हात पो समाएर आयौं
भ्रम केहि थियो तर दोष मेरो थिएन
निशाना गलत चुकाएर आयौं



