…………. न सके अरुलाई चिल्न !!

- बेद भट्टराई



को आफ्नो बन्न सके को बने पराइ
न हिमाल झै अटल बन्न सके न कोइ तराइ ,
फर्की फर्की गिज्याइ रहन्छ्न यहाँ
न बन्न सके आफै बिटाे, न सके ठड्याउन खराइ ।।

उ बेला यो नि बन्छु त्यो नि बन्छु भन्नेले
को आफ्ना को पराइ सम्म नचिन्नेले ,
दर्की दर्की दर्दनाक भइ भिजाइ रहन्छन यहाँ
न बल्न दिए आशा नै, भरोसा हौ भन्नेले ।।

अस्ति च्याहा गर्दा आत्तिने त्यो मन
हिजो रुदा समेत नरसाउने ती नयन
तर्की तर्की तर्ङ्गित बनाइ तर्साइ रहन्छ्न यहाँ
न रुन दिए मन भरी न दिए बुझ्न् त्यो मन ।।

लाग्थ्यो कोले किन छेक्ला र मन भरी हास्न
मनले तनलाइ मुटुभरि माया पृती गास्न
थर्की थर्की, थर्थराइ थर्काइ रहन्छ्न यहाँ
न जिउदो राख्न सके आफैलाइ न सके मास्न ।।

जाउ कहाँ म भित्र या बाहिर मनको शान्ती मिल्न
न हावाको चाप्ले हो कि न पानीको धारले छिल्न
झर्कि झर्की झ्याउकिरी झै झिझ्याइ रहन्छ्न यहाँ
न सके कनाउन आफ्नै भोक न सके अरुलाइ चिल्न ।।
✍️✍️ बेद भट्टराई ९.२१.००:०९

यसमा तपाइको मत