चार मुक्तकहरु

- सीता मुस्कान , शित्गंगा ९ अर्घाखाँची


१)
आश देखायौ कति,कति रुने गरायौ
पूरा गरेनौ वाचा भनेजति , रुने गरायौ
देब्रे पट्टी रोग बनी बस्यो छातीभित्र
दिलमा बसेर गर्यो खती रुने गरायौ
२)
बाहिर डाम भित्री चोट पक्का लागेको छ
मेरो खुट्टामा तिम्रो मोटरको चक्का लागेको छ
बुझ्नै कठिन गणित जस्तै घनघोर जीवनमा
दुःख नामक चक्रिय ब्याजको धक्का लागेको छ
३)
यादले पीडालाई नचाउँदा खेरी सराब पिउने गर्छु
चोटको इनाम पाउँदाखेरी सराब पिउने गर्छु
सधैँ पिउने बानी हैन बाध्यता झन् हुँदै हैन
तिम्रो याद आउँदा खेरी सराब पिउने गर्छु

४)
विश्वास गर गर्दिन घात भन्थ्यो भन्न त
समाउँदै दाहिने हात भन्थ्यो भन्न त
सँगै जिउने मर्ने वाचा बिर्सियो की कुन्नि
जीवनभरी दिन्छु साथ भन्थ्यो भन्न त

सीता मुस्कान
शित्गंगा ९ अर्घाखाँची

यसमा तपाइको मत