भक्तपुरमा बक्सिङ खेलाडी गोसाई मृत भेटिइन्

- कृष्ण गोपाल श्रेष्ठ फसी



काठमाडौं । सशस्त्र प्रहरी बलकोतर्फबाट बक्सिङ खेल्दै आएकी खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् । भक्तपुर नगरपालिका–८ स्थित घरमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ । झुण्डिएको अवस्थामा फेला पारेपछि दाइले डोरी काटेर निकालेको भनिएको छ ।

शवलाई पोष्टमार्टमका लागि पठाइएको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको परिसर भक्तपुरले जनाएकाे छ । परिवारले प्रहरी वृत्त, जगातीमा एक जना व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी समेत दिएको छ ।

यसमा तपाइको मत