
एउटा यस्तो साथ होस
जहाँ ,
निर्धक्क सङ्ग बोक्न सकियोस
आफ्ना सारा मनका व्यथाहरु
कथन या भावनाहरु
अझ भनौ मनका सारा दुखहरु
निर्लज्ज सङ्ग पोख्न सकियोस ।।
तहा ,
एउटा जिवन्त सम्बन्ध होस ।।
एउटा यस्तो आड होस
जहाँ ,
चिम्लेर आँखा आड लिन सकियोस
टेक्ने भुइ समाउने लता हाङ्गाहरु
आशा या भरोसाहरु
शुन्य हुदा पनि, बनाइ मन चङ्गाहरु
सुशेली हाल्दै आडेश दिन सकियोस
तहा ,
एउटा बिश्वस्त सम्बन्ध होस ।।
एउटा यस्तो अठोट होस
जहाँ ,
आफुले आफैलाइ हार्न नसकोस
लक्ष्य उध्यश्य देखेका सपनाहरु
कर्तव्य र जिम्मेवारीहरु
पूरा नहुदा सङ्गै दुखेका मनहरु
सम्हाल्दै उठि फेरि दौडिन सकियोस
तहा ,
एउटा बिजयी भाव होस ।।
एउटा यस्तो जीवन होस
जहाँ ,
कसैको दवाव महशुस नहोस
आफ्नै कर्मठ हातपाखुरीहरु
स्वविवेक र ज्ञानेन्दृयहरु
पुर्ण क्षमतामा प्रयोगमा ल्यायी
आफ्नै पखेटामा सन्सार बिचरण होस
तहा
एउटा समृद्ध जीवन होस ।।
एउटा यस्तो रात होस
जहाँ ,
मनको प्यास मेट्ने राप होस
कुनै पस्चाताप वा विष्मयहरू
शंका संकोच या सामनाहरु
अझ भनौ सारा दुनिया भुली
न्यानो अङ्गालोमा निर्वस्त्र हुन सकियोस
तहा ,
एउटा अद्वितीय जीवन होस ।।
एउटा यस्तो बात होस
जहाँ ,
जिवन टक्क अडिन सकोस
सारा पिर मर्का दुख व्यथाहरु
रिस द्वेष कलह या आवेगहरु
फुत्त त्रिशुलिमा फ्याकी
अनन्त यात्रामा रफ्तार लिन सकियोस
तहा ,
एउटा पुनर्जीवन सुरु होस ।।
एउटा पुनर्जीवन सुरु होस ।।
✍️✍️………………



