तीन मुक्तकहरु

- निर्मला आचार्य


मुक्तक १
न निभोस कसैको घरमा चुलो लेखिएको थियो
बिज्ञापनमा जतै भर्ना खुलो लेखिएको थियो
दस्तुर नतिर्दा सम्म प्रवेश नदिने कलेज बाहिर
धन भन्दा पनि विद्या ठुलो लेखिएको थियो।

मुक्तक २
कोहि गुजारा चलाउछन सडकमा पानी बेचेर
दिनरात झरी बादल र घाममा फुलदानी बेचेर
पुस्तौं पुस्ता धान्ने ब्यबस्था मिलाउनु भयो रे
अब के गर्ने बिचार छ सरकार ?राजधानी बेचेर

मुक्तक ३
बगेपछि नफर्कने आशुको मोल सोध्छौ तिमी
पुस्तक छैन सधैं सुरक्षामा खोल सोध्छौ तिमी
जिन्दगीको सफर नै अलग भयो जान्दाजान्दै
अचेल किन बारम्बार म बसेको टोल सोध्छौ तिमी

यसमा तपाइको मत