
१
कलियुगमा सत्यको हार कस्ले देख्छ र ?
हरेक समय हरेक बार कस्ले देख्छ र ?
भन्न त सजिलै छ पुरुषप्रधान देश भनि,
पुरुषमाथी नै अत्यचार कस्ले देख्छ र ?
२
गरिबीको नदीबाट पारी तर्न अवसर पाईदैन
उकाली अनि ओराली झर्न अवसर पाईदैन
मन थामेर परदेश जानू बाहेक अर्को बिकल्प छैन
आफ्नै देशमा रोजगार गर्न अवसर पाईदैन
३
पिडा अनि धोकाको राप उसलाई हुनेछ
हीरा छोडी फलाम रोज्नुको पाप उसलाई हुनेछ
अब म जिन्दगीलाई बेहद बनाउँदै जानेछु,
मलाई नचिन्नुको पश्चताप उसलाई हुनेछ
सपना कुँवर
धादिङ



