प्रथम चाबहिल जुत्ता चप्पल मेला सुरु


काठमाडौं । प्रथम चाबहिल जुत्ता चप्पल मेला बिहीबारदेखि सुरु भएको छ । मेलामा १४ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३००० भन्दा धेरै डिजाइन जुत्ता चप्पल रहेको प्रथम चाबहिल जुत्ता चप्पल व्यापार मेलाका संयोजक दिवाकर गिरीले जानकारी दिए


मेला फागुन १८ गतेसम्म सञ्चालन रहने छ भने एक महिनामा करिब पाँच करोड रुपैयाँ बारावरको अर्थात् ३० देखि ३५ हजार जोडी जुत्ता चप्पल कारोबार हुने अपेक्षा रहेको छ । नेपालको औद्योगिक उत्पादनमा फुटवयर क्षेत्रको योगदान उल्लेखनीय रहेको गिरीले जानकारी दिए ।


नेपाली उत्पादनलाई बजारीकरण गर्ने विभिन्न माध्यम मध्य मेला प्रदर्शनी पनि एक भएकाले चाबहिलमा यो मेला आयोजना गरिएको आयोजकको भनाइ छ ।
जुत्ता चप्पल व्यापार मेलाबाट  उपभोक्ताहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ ।

कृष्ण गोपाल श्रेष्ठ “फसी”

यसमा तपाइको मत