सजिव देउता, माता,पिता

- माधवानन्द ( माधब प्रसाद उपाध्याय ) जनकनन्दनि गाउँ पालिका ४ खजुरि चन्हा,धनुषा।



माता घरको बलियो जग हुन,
घरको बलियो छत, देवाल पिता,
माता ममताकि खानि हुन,
कर्तब्यका खजाना हुन पिता,
माता घरको सुन्दर श्रृगार,
त्यो श्रृंगार्नृ कलाकार पिता,
माता आगनको तुलसि हुन,
तुलसिको गुणकारि सुवास पिता,
माता सन्ततिको द्रष्टा हुन,
अधिकार दिलाउने हुन पिता,
माता प्रथम शिक्षिका हुन,
सत्मार्गमा डोर्याउने गुरु पिता,
माता सन्ततिकि पालक हुन,
सबैका पालक हुन पिता,
माता सपना बुन्दै बस्छिन,,
सपना साकार गराउने पिता,
सन्ततिलाई सानो दुख पर्दा,
अतप चिन्तित हुन्छन् माता पिता,
सन्ततिको हरेक बाधासंग,
एकजुट भई लड्छन् माता,पिता
सन्ततिलाई सुखि,खुसि देखि,
अति हर्षित रहन्छन माता,पिता,
आफू मरेपनि सन्तति बाचुन,
कामना राख्दछन् माता,पिता,
घरलाई बलियो पार्ने भन्दै

तिपटक टुटे माता,पिता,
धरकोभार सध‌ै उठायथे,
अब भार धरको हुनगए माता पिता
वीर्से देन माता,पिताको,
अब धरमा नअट्नेभए माता,पिता।
सन्ततिको बदलिँदो ब्यबहार देखि
लाचार देखिन्छन माता,पिता,
एकदिन भागबण्डा लगाए,
जब आपसमा माता,पिता,
माथि हेर्दै ईश्वर पुकार्थे,
दुखि माता, लाचार पिता,
हरेक सन्ततिको हकमा,
सत्य श्रोत हुन माता पिता,
म माधबको यो करुण कन्दन,
चरणमाअर्पण गर्छु माता,पिता,

माता,पिताको चरणमा नै स्वर्ग छ,
नभुलौ कहिले माता,पिता।
मानवतन हो सुन्दर मन्दिर,
सजिव देउता माता,पिता

यसमा तपाइको मत