शिशिर बुढाथोकीको गजल -आजकाल यहाँ


आजकल यहाँ, यस्तै यस्तै चलिरहेछ
एक देखि अर्काको मन जलिरहेछ

बनाउछु भन्नेलेनै भत्काउदै छन रे!
जताततै बिनाशको फल फलिरहेछ

सिन्को केही नभाच्ने अरुकै खुट्टा तान्ने
आरिसले नै जिन्दगी गलिरहेछ

छलकपट र बेइमानी को राज चलाइ
समयले पनि मानिसलाई छलिरहेछ

सधै पत्तझर उजाड-उजाड रहने
“शिशिर” पनि उमंगमा ढलिरहेछ ।।

यसमा तपाइको मत