सुकुन्दाद्वारा कवि केशरी र शताब्दी पुरूषको जन्म जयन्ती मनाइयो


काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा कवि केशरी चित्तधर हृदयको १ सय १८ औँ र वाङ्मय शताब्दी पुरूष जोशीको एक सय ५ औँ जन्म जयन्ती मनाएको छ ।

गत जेठ १८ गते मनाएको जन्म जयन्तीका बारेमा सुकुन्दा साहित्य पाःलाका सचिव एवम् कार्यक्रमका संयोजक रिदेन महर्जनले महान् व्यक्तित्वहरूको जन्म जयन्ती किन हामीले मनाउनु पर्छ भनेर गहिराईमा गएर अध्ययन अनुसन्धान गर्ने हो भने हाम्रो भाषा, साहित्य, संस्कृति लगायत अस्तित्व बचाँउन आफ्नो जीवन अपर्णका साथ संरक्षण सम्बर्द्वन गरेको गुणानुस्मरण गरी जन्मजयन्ती मनाएका जनाउँदै स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका अतिथि प्रा. डा. चन्द्रमान बज्रार्चायले नेवार समाजमा मात्र नभई नेपाली समाजका लागि नै अतुलनीय योगदान दिएका महान् व्यक्तित्वहरुको जन्म जयन्ती मनाउन सबै भन्दा ठूलो उपलब्धी भएको जनाउँदै रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थीहरुले र शिक्षकहरुले बाहेक अन्य संघसंस्थाहरुले जन्मजयन्ती नमनाएको बारेमा ध्यानाकर्षण गराए ।

नेपाल भाषाका निम्ति आफ्नो जीवन दाउमा लगाएर आफूसित भएका सम्पूर्ण सम्पत्ति नेपाल भाषा परिष्दका लागि दान दिएर उत्थान गर्ने कार्य गरेकाले कवि केशरी चित्तधर ‘हृदय’ नेपाल भाषाका निम्ति एउटा संस्था भन्दा पनि केही फरक नपर्ने जनाउँदै उनका व्यक्तित्व व कृतित्व बारेमा चर्चा गरे ।

कार्यक्रमका अतिथि प्रा. मदनसेन बज्राचार्यले ‘जन्मजयन्ती मनाउनकाे अर्थ उहाँहरूकाे जुन याेगदान छ त्याे याेगदान अझ अगाडी बढाउनका लागि जन्मजयन्ती मनाएकाेप्रति प्रंशसा गर्दै वि.सं. २०३० सालमा सबैभन्दा पहिले रचना गरिएकाे ‘जि छफ्वः स्वां’ र ‘गुरूवर सत्य छ गुलितक्क महान्, कविता वाचन गरेका थिए । उनले भाषारत्न एवम् वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी पारसमणी समान बहुआयामिक व्यक्तित्व भएको चर्चा गर्दै एम. ए. नेपालभाषा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको मुख्य उद्देश्य जागिर खाने भएता पनि हाम्रो, भाषा, साहित्य, संस्कृति, कला लगायत विविध पक्षको संरक्षण, सम्बर्द्वन गर्ने तिर पनि विशेष ध्यान जानु पर्नेमा जोड दिए ।

कार्यक्रम सञ्चालक मातृभाषासेवी पवित्र कंसाकारले कवि केशरी चित्तधर हृदयकाे जेठ २० गते र जेठ १९ गते वाङ्मय शताब्दी पुरूष जोशीको जन्म दिन परे पनि एकैदिन पारेर जन्म जयन्ती मनाएकाे जनाउँदै भाषारत्न एवम् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल भाषामा रचना गर्नु भएकाे ‘सुर्द्यःया जः’ कविता गर्नुका साथै लोककवि राजभाई जकःमिले कवि केशरी चित्तधर ‘हृदय’, भाषारत्न एवम् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको बारेमा कविता वाचन गरेका थिए ।

कार्यक्रममा आर. आर. क्याम्पसका नेपालभाषा शिक्षिकाहरु श्रीमिला सुवाल, दिपना शर्माहरुको अतिथिका रुपमा पाल्नु भएको थियो । कवि अर्जुन नेपाःमिका वर्ण मात्रिक छन्दको ‘हकया गथः’ कविता, कविताया महलका साथै सोही क्याम्पसका एम. ए. चौथो सेमेष्टरका विद्यार्थी रुपा शाहीले “हे प्रभु सुखया ह्यूपा गुब्ले” कविता वाचन गरेका थिए । साे कार्यक्रम सफल बनाउन सहयोगी हातहरुलाई सुकुन्दा साहित्य पाःलाः का सदस्य सुरज तन्दुकारले हृदयदेखि सबैलाई कृतज्ञता ज्ञापन व्यक्त गरेका थिए ।

यसमा तपाइको मत