काभ्रेमा गाईले जन्मायो तीन वटा बाच्छा


काभ्रे मण्डनदेउपुरमा कृषक अर्जुनप्रसाद सापकोटाले पालेको गाईले ३ वटा बाच्छाहरु जन्माएको छ । स्थानीय जातको गाइले ३ वटा बाच्छा पाएपछि उनको घरमा हेर्न आउनेको भिड लाग्ने गरेको छ ।

गाईले २ वटासम्म बाच्छाहरु जन्माएको थाहा थियो तर एउटै गाईले एकैपटक ३ वटा बाच्छाहरु जन्माएको यो घटना यहाँको लागि नौलो भएको सापकोटाले बताए ।

कृष्ण गोपाल श्रेष्ठ “फसी”

यसमा तपाइको मत