मोनिकाका तीन मुक्तकहरु

- ✍️✍️मनिका विश्वकर्मा ,सिन्धुली।।


मुक्तक १
कहिले लगतार त कहिले घरीघरी आउँछ।
नचाहादा नचाहादै पनि त थरीथरी आउँछ।
म परिस्थिति सँग सँगै अघि बढ्न खोज्दै छु,
एक पछि समस्या अर्को फेरी कसरी आउँछ

मुक्तक २
राम्रो काम गर्ने मान्छेले पनि ठाउँ पाउँदैन।
गरिब परिवारमा खुसिको किरण छाउँदैन।
अलिकति भएपनि बाङ्गो त हुनै पर्ने रहछ,
यहाँ सोझो औलाले त घिउ पनि आउँदैन

मुक्तक ३
कोमल हातले आँखाका परेली छुदोरहेछ।
मन कठोर भएपनि त्यसबेला त रुदोरहेछ।
एकदिन सबैलाई रुवाई संसारबाट जानैपर्ने
जीवन अनिश्चित तर मृत्यु निश्चित हुदोरहेछ।
✍️✍️मनिका विश्वकर्मा ,सिन्धुली।।

यसमा तपाइको मत