
मकवानपुर । इन्द्रसरोबर गाउपालिका -२ ले बिध्यार्थिहरुलाइ किताबी ज्ञान को अलवा सन्देशमुलक चलचित्र प्रदर्सन गरेर शैक्षिक चेतना प्रबाह गराउने हेतुले टुहुरा नामक नेपाली डकुमेन्ट्री फिल्म को प्रदर्सन बिध्यालयमै गरेको छ। इन्द्रावती फिल्म प्रोडक्सनको ब्यानरमा बनेको उक्त फिल्मलाई इन्द्रसरोबर २ कुलेखानीस्थित पन्चकन्या मा. बि को हलमा सम्पुर्ण बिध्यार्थिहरुलाइ देखाइयको हो।

बिध्यार्थिहरुलाइ उक्त फिल्म निशुल्क प्रदर्शनका निम्ति वडा न. २ ले निर्माण कम्पनीलाई केही बजेट छुट्टयाइएको अध्यक्ष सुमन श्रेष्ठले बताए साथै टुहुरा बालाबालिका को समस्या एबम शिक्षाको विषयबस्तु झल्काइयको कारण पनि उक्त फिल्म देखाइयको श्रेष्ठले जानकारी दिए। श्री लामा र ललित तामाङले निर्माण गरेको उक्त फिल्मलाइ यमरसिंह ब्लोनले निर्देसन गरेका हुन। फिल्म प्रदर्शनको अबसरमा इन्द्रसरोबर गाउपालिका अध्यक्ष देबकृष्ण पुडासैनी,उपाध्यक्ष उमा कुमारी लामा लगायतले बिध्यार्थिहरुलाइ शैक्षिक फिल्म प्रदर्सनले खेल्ने सकारात्मक भुमिका को बारेमा चर्चा गरेका थिए। कार्यक्रममा इन्द्रसरोबर गाउपालिकाका प्रसासकिय अधिकृत प्रल्हाद कार्की,शिक्षा शाखा प्रमुख धर्मानन्द पन्त, प्रधानाध्यापक प्रेम थापामगर को उपस्थिति रहेको थियो।



