५२ वर्षका पुरुषको स्विमिङ पुलमा डुबेर मृत्यु


काठमाडौं । काभ्रेको पाँचखालमा स्विमिङ पुलमा डुबेर एकजना पुरुषको मृत्यु भएको छ । आइतबार पाँचखाल नगरपालिका ७ शिखरपुरमा रहेको ह्वाइट बार रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा सोही ठाउँका ५२ वर्षीय उद्धब सापकोटाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पौडी खेल्ने क्रममा डुबेर गम्भीर बिरामी परेका सापकोटालाई उपचारको लागि आफन्तले धुलिखेल अस्पताल पुर्याएका थिए ।

अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

कृष्ण गोपाल श्रेष्ठ “फसी”

यसमा तपाइको मत