गजल

- बाल कृष्ण घिमिरे ,बनेपा १, घिमिरे गाउँ


यो सुन्दर बिहानीको घाम तिमीलाई
घाम जस्तै पहारिलो नाम तिमीलाई ।

हाँसिखुसि बितोस जिबन रम्दै रमाउदै !!
पठाइ दिन्छु उमङ्गको खाम तिमीलाई

पुजा पाठ सबै सकि अब फुर्सद भयो होला !!
पठाइ दिन्छु पाउरोटी र जाम तिमीलाई

निरास छ्न रे बाबु नानि ,बेरोजगार छौ रे तिमी !
कसले देला हे भगवान !!काम तिमीलाई।

सिता जस्तै अन्यायमा पर्दै छौ रे हिजो आज !!
देबी बनि लडदै छौ रे सलाम तिमीलाई ।

यसमा तपाइको मत