
झन्डा यौटै हो हाम्रो तर गुट फरक छ ।
गन्तब्य यौटै हो हाम्रो तर रुट फरक छ ।
कहिले अन्त्य होला खै ,अन्तर्घातको राजनिती को ?
आफ्नालाइ आफ्नैले हरायको छुट फरक छ ।
हेर्दा उस्तै उस्तै देखिन्छ्न हाम्रा नेताहरु !!
औकात अनुसार लगाउने सुट फरक छ।
यति कुरा राम्रै संङ्ग बुझेका छ्न हाम्रा नेताहरुले ।
आफ्ना आसेपासेलाइ फर्काउने सलुट फरक छ ।
हजुर बिश्वास गर्नुहुन्छ या हुन्न हजुरकै कुरा हो !!
राजनितीले छुटायको भारा पर्मको जुट फरक छ ।



